Online Bible

- Reklamy -




प्रेरित 22:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तिनले भने, “म किलिकियाको सहर टार्ससमा जन्‍मेको एक यहूदी हुँ, तर यस सहरमा गमलिएलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्‍वरतर्फ जति उत्‍साही हुनुहुन्‍छ, म पनि त्‍यतिकै उत्‍साही थिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 पावलले भने, “म किलिकियाको टार्सस सहरमा जन्‍मिएको यहूदी हुँ, तर म यही यरूशलेम सहरमा हुर्केर गुरु गमलियलको चरणमा हुर्किएँ। हाम्रा पिता-पुर्खादेखि नै मान्‍दै आएको धर्मशास्‍त्रको शिक्षा मैले राम्रोसँग सिकेको छु। आज तपाईंहरूले परमेश्‍वरप्रति जति उत्‍साह देखाउनुभएको छ, मैले पनि त्‍यत्तिकै उत्‍साह देखाएको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “म एक यहूदी हुँ। म सिलिसिया प्रदेशको टार्ससमा जन्मेको हुँ। तर म यही शहरमा हुर्किएको हुँ। म गमलीयलको शिष्य थिएँ। उहाँले मलाई हाम्रा पिता पुर्खाहरूका नियम अनुसार कडासँग प्रशिक्षण गराउनु भयो। म परमेश्वरमा अत्यन्त उत्साही छु तिमीहरू जस्तै आज जो यहाँ छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “म एक यहूदी हुँ, किलिकियाको टार्सस सहरमा जन्म भएको, तर यसै सहरमा गमलिएलको संरक्षणमा शिक्षा पाएर हुर्किएको हुँ; र हाम्रा पितापुर्खाहरूको व्यवस्थामा मैले तालिम पाएको हुँ। म पनि त्यस्तै उत्साहित थिएँ, जसरी आज यहाँ तपाईंहरू सबै परमेश्‍वरका निम्ति हुनुहुन्छ।

Viz kapitola kopírovat




प्रेरित 22:3

Následuj nás:

Reklamy


Reklamy