प्रेरित 21:13 - नेपाली नयाँ संशोधित संस्करण13 तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर पावलले भने, “तिमीहरू किन यसरी रोएर मेरो मन खिन्न बनाउन खोज्दै छौ? म यरूशलेममा बाँधिन मात्र होइनँ, तर मेरो प्रभुको निम्ति मर्न पनि तयार छु।” Viz kapitolaपवित्र बाइबल13 तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छु!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।” Viz kapitola |