Online Bible

- Reklamy -




प्रेरित 20:9 - नेपाली नयाँ संशोधित संस्करण

9 युटिकस नाउँ भएको एक जना युवक झ्‍यालमा बसेको थियो। पावलले धेरै बेरसम्‍म कुरा गरिरहँदा त्‍यो गहिरो निद्रामा पर्‍यो र निद्राको वशमा परी त्‍यो तेस्रो तलाबाट खस्‍यो र त्‍यसलाई तिनीहरूले मृत अवस्‍थामा उठाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 झ्‍यालमा युटिकस भन्‍ने एउटा केटो बसिरहेको थियो। पावल बोल्‍दाबोल्‍दै त्‍यो केटो निदाएर झुल्‍न थाल्‍यो। यसरी झुल्‍दाझुल्‍दै ऊ पूरै निदाएछ र माथिको तेस्रो तलाबाट तल जमिनमा खस्‍यो। उसलाई उठाउन जाँदा ऊ मरिसकेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पार्यो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको झ्यालबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब ऊ मरिसकेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस कोठाको झ्यालमा युटिकस नामको एक जना युवक बसिरहेको थियो। जब पावलले लामो समयसम्म वचन बोलिरहेका थिए, तब त्यो युवक गहिरो निद्रामा पर्‍यो; अनि त्यो तीन तलामाथिबाट तल भुइँमा खस्यो र मानिसहरू त्यसलाई उठाउन पुग्दा मरिसकेको अवस्थामा पाए।

Viz kapitola kopírovat




प्रेरित 20:9

Následuj nás:

Reklamy


Reklamy