प्रेरित 20:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब बेरिया-निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकेबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, अनि तिमोथी र एशियाका तुखिकस र त्रोफिमस तिनको साथ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यस यात्रामा उनलाई विभिन्न मण्डलीका दाजुभाइहरूले साथ दिए। ती साथ दिनेहरूमध्ये बेरिया सहरमा बस्ने पुरसका छोरा सोपात्रोस, थेसलोनिके सहरमा बस्ने अरिस्तार्खस र सिकन्दस, डर्बी सहरमा बस्ने गायस र तिमोथी अनि एशिया इलाकाबाट आएका तुखिकस र त्रोफिमस थिए। Viz kapitolaपवित्र बाइबल4 कतिपय मानिसहरू उनीसँग थिए। तिनीहरू थिएः पाईरसको छोरो बिरियावासी सोपाटर, थिस्सलोनिकावासी, अरिस्तार्खस र सिकन्डस, डर्बी शहरका निवासी गायस, तिमोथी अनि एशियाबाट दुइजना जो टाइकिकस र त्रोफिमस थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, र तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए। Viz kapitola |