प्रेरित 17:26 - नेपाली नयाँ संशोधित संस्करण26 उहाँले एक जनाबाट समस्त पृथ्वीमा वास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 संसारभरि नै मानिसहरू बसून् भनेर उहाँले एउटै मानिसबाट सबै जातिहरूलाई सृष्टि गर्नुभयो र तिनीहरूलाई संसारैभरि बस्न दिनुभयो। तिनीहरूले जिउनुपर्ने समय र बस्नुपर्ने ठाउँ उहाँले अघिबाट नै तोकिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल26 परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो। Viz kapitola |