प्रेरित 17:11 - नेपाली नयाँ संशोधित संस्करण11 यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यहाँका मानिसहरू थेसलोनिकेका मानिसहरूभन्दा धेरै असल थिए। तिनीहरूले परमेश्वरको प्रचार एकदम मीठो मानेर सुने। पावलले भनेका कुरा मिल्छ कि मिल्दैन भनेर तिनीहरूले दिनहुँ धर्मशास्त्र पढेर जाँच्थे। Viz kapitolaपवित्र बाइबल11 यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे। Viz kapitola |