२ थेसलोनिकी 1:3 - नेपाली नयाँ संशोधित संस्करण3 भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढ़ाउन हामी बाध्य छौं। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दाजुभाइहरू, तिमीहरूको विश्वास धेरै बढेर गएको छ। प्रेम पनि एक-अर्कामा झन्-झन् बढ्दै छ। यसकारण तिमीहरूको बारेमा सधैँ हामीले परमेश्वरलाई धन्यवाद दिनैपर्दछ। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूको लागि हामी परमेश्वरलाई सधैँ धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन-झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैँ धन्यवाद दिनैपर्छ। Viz kapitola |