२ शमूएल 4:6 - नेपाली नयाँ संशोधित संस्करण6 उनीहरू घरको भित्री भागतिर गहूँ लिन गएजस्तो गरी गए र त्यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्यसपछि रेकाब र बानाह सुटुक्क निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 घरको ढोकामा गहुँ केलाउँदै गरेकी स्त्री निद्रा लागेर मस्त सुतेकी थिई र रेकाब र बानाह सुटुक्क भित्र पसे। Viz kapitolaपवित्र बाइबल6-7 रेकाब र बाना त्यस घरभित्र केही गहुँ लिने निहुमा गए। ईश्बोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए। रेकाब र बानाले ईश्बोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यर्दन बेंसी भएर हिंडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरू गहुँ लिने निहुँ गरेर घरको भित्र पसे, र तिनको पेटमा धारिलो हतियार रोपिदिए। त्यसपछि रेकाब र तिनको भाइ बानाह सुटुक्क भागे। Viz kapitola |