२ शमूएल 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 यस कुराले अबनेरले साह्रै रिसाएर भने, “के म यहूदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्म त म तिम्रा पिता शाऊलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ, र मैले तपाईंलाई दाऊदको हातमा दिएर विश्वासघात गरेको छैनँ। तापनि यस स्त्रीको विषयमा भक्तिहीनताको आरोप लाउनुहुन्छ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यसमा अबनेर साह्रै रिसाए र भने, “के म शाऊलसित विश्वासघात गर्छु भनी तिमी ठान्दछौ? के मैले यहूदाको सेवा गर्दै छु भनेर तिमी साँच्चै सोच्छौ? सुरुदेखि म तिम्रा पिता शाऊल, तिनका दाजुभाइ र मित्रहरूका भक्त रहेको छु र आजसम्म तिमीलाई दाऊदका हातबाट बचाएर राखेको छु; तर आज मलाई एउटी आइमाईसित सुतेको दोष लाउँछौ! Viz kapitolaपवित्र बाइबल8 ईश्बोशेतका शब्दहरूले गर्दा अबनेर साह्रै रिसाए। अबनेरले भने, “म शाऊल र तिनका परिवारप्रति इमानदारी छु। मैले तिमीलाई दाऊदको हातमा दिइनँ। मैले दाऊदलाई तिमीलाई हराउन दिइनँ। म यहूदाको पक्षमा काम गर्ने देशद्रोही होइनँ। अहिले तपाईंले यस स्त्रीको विषयमा मलाई दोष दिएर रीस उठाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 ईश्बोशेतले भनेको कुराले अबनेर अति रिसाए। तिनले जवाफ दिए, “के म यहूदाको पक्षमा बस्ने कुकुर हुँ र? आजको यस दिनसम्म म तपाईंको पिता शाऊलप्रति अनि उहाँको परिवार र मित्रहरूप्रति इमानदार छु। मैले तपाईंलाई दावीदको हातमा सुम्पेको छैनँ। यद्यपि अहिले तपाईं एउटा स्त्रीको विषयमा मलाई दोष लगाउनुहुन्छ! Viz kapitola |