२ शमूएल 24:10 - नेपाली नयाँ संशोधित संस्करण10 मानिसहरूको जनगणना गरिसकेपछि दाऊदको विवेकले तिनलाई सतायो, र तिनले परमप्रभुलाई भने, “मैले साह्रै दुष्ट काम गरेको छु! हे परमप्रभु, बिन्ती छ, आफ्नो दासको अपराधलाई दूर गर्नुहोस्। म साह्रै मूर्ख भएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर जनगणना लिइसकेपछि दाऊदको विवेकले तिनलाई सताउन थाल्यो र तिनले परमप्रभुलाई भने, “मैले यो काम गरेर डरलाग्दो पाप गरेको छु! मलाई कृपा गरी क्षमा गर्नुहोस्। मैले मूर्ख काम गरेको छु।” Viz kapitolaपवित्र बाइबल10 जनगणना गरिसकेपछि दाऊदलाई लाज भयो। दाऊदले परमप्रभुलाई भने, “मैले नगर्ने काम गरेर ठूलो पाप गरें! परमप्रभु, म बिन्ती गर्छु मेरो पाप कार्यलाई क्षमा गरिदिनुहोस्। मैले ठूलो मूर्खता गरें।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 आफूले लडाकु मानिसहरूको संख्या लिइसकेपछि दावीदको विवेकले तिनलाई सताउन थाल्यो; र तिनले याहवेहलाई भने, “मैले जनगणना गरेर ठूलो पाप गरेको छु। अब हे याहवेह, म बिन्ती गर्छु, तपाईंको सेवकको पाप क्षमा गरिदिनुहोस्। किनभने मैले यस्तो मूर्ख काम गरेको छु।” Viz kapitola |