२ शमूएल 21:9 - नेपाली नयाँ संशोधित संस्करण9 दाऊदले तिनीहरूलाई गिबोनीहरूका हातमा सुम्पिदिए, र उनीहरूले तिनीहरूलाई परमप्रभुको सामुन्ने पहाड़मा मारेर खुलस्त गराइदिए। ती सातै जना एकसाथ तल खसे। तिनीहरू जौका कटनीको सुरुमा फसलको पहिलो दिनमा मारिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ती सात जनालाई दाऊदले गिबोनका मानिसहरूकहाँ सुम्पिदिए र तिनीहरूलाई गिबोनीहरूले परमप्रभुको अघि पहाडमा झुन्डाए। ती सातै जना एकसाथ मरे। तिनीहरू मारिँदा बसन्त ऋतुको प्राय: अन्त भएको र जौको कटनी गर्ने समय भएको थियो। Viz kapitolaपवित्र बाइबल9 दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी दिए। ती सातैजना सँगै मरे। जौंको फसल काट्नुभन्दा एक दिन अघि उनीहरूलाई मारियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि तिनीहरूलाई दावीदले गिबोनीहरूकहाँ सुम्पिदिए, जसले तिनीहरूलाई याहवेहसामु एउटा डाँडामा झुण्ड्याएर मारे। ती सातै जना एकैसाथ मरे। कटनीको पहिलो दिनमै तिनीहरू मारिए, अर्थात् जौको कटनी सुरु भएकै दिन तिनीहरू मारिए। Viz kapitola |