२ शमूएल 19:42 - नेपाली नयाँ संशोधित संस्करण42 यहूदाका मानिसहरूले जवाफ दिए, “किनभने महाराजा त हाम्रा नजिकका नातादार हुनुहुन्छ। यसमा तपाईं किन रिसाउनुहुन्छ? के हामीले राजाको धन खाएका छौं? के हामीले केही उपहार आफ्नै लागि लिएका छौं?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 यहूदाका मानिसहरूले उत्तर दिए, “राजन्, हामी यहूदाबासीहरू बीचकै एक जना हुन्, यसैले हामीले त्यसो गरेका हौं। किन तिमीहरू रिस गर्छौ? राजाको न त हामीले केही खाएका छौं न त केही लिएका छौं।” Viz kapitolaपवित्र बाइबल42 यहूदाका सबै मानिसहरूले इस्राएलीहरूलाई जवाफ दिए, “कारण राजा हाम्रा नजिकका नातेदार हुन्। यसको निम्ति तिमीहरू किन रिसाउँछौ? हामीले राजाको खर्चमा खाना खाएका छैनौं। राजाले हामीलाई कुनै उपहार पनि दिएका छैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 यहूदाका सबै मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “राजा हाम्रा नजिकका आफन्त हुनुभएको कारण हामीले यसो गरेका हौँ। तिमीहरू यो विषयमा किन रिसाउँछौ? के हामीले राजाको धनसम्पत्तिबाट केही खाएका छौँ? के हामीले आफ्ना निम्ति केही लगेका छौँ?” Viz kapitola |