२ शमूएल 19:22 - नेपाली नयाँ संशोधित संस्करण22 दाऊदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? तिमीहरू आज मेरा विरोधीहरू बनेका छौ। आजको दिन इस्राएलमा किन कुनै मानिस मारिने? आज म इस्राएलका राजा भएँ भन्ने कुरा मलाई थाहा छैन र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर अबीशै र उनका भाइ योआबलाई दाऊदले भने, “कसैले तिमीहरूलाई सोधेको छ र? के तिमीहरू मेरो विरुद्धमा जान्छौ? अब म इस्राएलको राजा भएको छु र आज कुनै इस्राएली मारिनेछैन।” Viz kapitolaपवित्र बाइबल22 दाऊदले भने, “सरूयाहका छोरा म तिमीसित के गरौं? आज तिमी मेरो विरूद्धमा छौ। इस्राएलमा कसैलाई पनि मार्नु हुँदैन। आज म जान्दछु इस्राएलको राजा म हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 दावीदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, यस विषयमा तिमीहरू किन यस्तो चासो राख्छौ? आजको दिन किन तिमीहरू मेरा विरोधीहरू बन्छौ? के आजको दिन इस्राएलमा कसैलाई पनि मृत्युदण्ड दिनु उचित हुन्छ र? के आज म इस्राएलका राजा हुँ भनी म जान्दिनँ र?” Viz kapitola |