२ शमूएल 18:33 - नेपाली नयाँ संशोधित संस्करण33 तब राजा शोकाकुल भएर मूल ढोकामाथिको कोठामा गएर रोए, अनि माथि हिँड्दैजाँदा तिनी यसो भन्दै रोए, “हाय मेरो छोरो! मेरो छोरो अब्शालोम, मेरो छोरो अब्शालोम! तेरो सट्टामा मै मरेको भए त हुनेथियो! हाय अब्शालोम, मेरो छोरो, मेरो छोरो!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 राजा शोकले व्याकुल भए। मूल-ढोकामाथिको कौसीको कोठामा गएर उनी रोए। माथि कोठामा जाँदा उनले विलाप गर्दै भने, “हाय, मेरो छोरो! मेरो छोरो अब्शालोम! मेरो अब्शालोम! तेरो सट्टामा म मरेको भए हुन्थ्यो! हाय! अब्शालोम! मेरो छोरो अब्शालोम!” Viz kapitolaपवित्र बाइबल33 तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 राजा शोकले अति व्याकुल भए। तिनी मूलढोकाको माथि भएको कोठामा गएर रोए। कोठामा हिँड्दै गर्दा तिनले भने, “हे मेरो छोरा अब्शालोम! मेरो छोरा, मेरो छोरा, अब्शालोम! तिम्रो सट्टामा म मरेको भए हुनेथियो—हे अब्शालोम, मेरो छोरा, मेरो छोरा!” Viz kapitola |