२ शमूएल 17:25 - नेपाली नयाँ संशोधित संस्करण25 अब्शालोमले योआबको सट्टामा अमासालाई सेनापति बनाएका थिए। तिनीचाहिँ इस्राएली येतेर नाउँ भएका मानिस र योआबकी आमा सरूयाहकी बहिनी अनि नाहाशकी छोरी अबीगेलका छोरा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 योआबको सट्टामा दाऊदले अमासालाई सेनापति खटाएका थिए। अमासा इश्माएली येतेरका छोरा थिए, अबीगेल तिनकी आमा थिइन्। अबीगेल नाहाशकी छोरी अनि योआबकी आमा सरूयाहकी बहिनी थिइन्। Viz kapitolaपवित्र बाइबल25 अब्शालोमले आमासालाई सेनाका नयाँ कप्तान बनाए। आमासाले योआबको ठाउँ लिए। आमासा इश्माएली यित्रका छोरा थिए। आमासाकी आमा अबीगेल सरूयाहकी बहिनी नाहाशकी छोरी थिइन्। सरूया योआबकी आमा थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अब्शालोमले अमासालाई योआबको ठाउँमा सेनाहरूका सेनापति नियुक्त गरेका थिए। अमासाचाहिँ योआबकी आमा सरूयाहका दिदी र नाहाशकी छोरी अबीगेलसित विवाह गर्ने येतेर नाम भएका इस्राएलीका छोरा थिए। Viz kapitola |