२ शमूएल 16:3 - नेपाली नयाँ संशोधित संस्करण3 राजाले सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्?” सीबाले भन्यो, “उनी त यरूशलेममा नै छन्, किनभने इस्राएलको घरानाले उनलाई आफ्ना बाजेको सिंहासन फिर्ता गरिदिनेछ भनी उनले सम्झेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 राजाले सोधे, “तिम्रा मालिक शाऊलको नाति मपीबोशेत कहाँ छन्?” सीबाले उत्तर दियो, “उनी यरूशलेममा छन्। इस्राएलीहरूले मेरा बाजेका राज्य मलाई अब फिर्ता दिनेछन् भनी उनलाई विश्वास भएको छ।” Viz kapitolaपवित्र बाइबल3 राजाले सोधे, “मपीबोशेत खै कहाँ छन्।?” सीबाले जवाफ दिए, “मपीबोशेत यरूशलेममा नै बसे। तिनले सोचे, ‘अब इस्राएलीहरूले मेरा पिताका राज्य मलाई दिन्छन्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब राजाले तिनलाई सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्?” सीबाले तिनलाई भने, “तिनी यरूशलेममै छन्; किनकि तिनले सोचेका छन्, ‘आज इस्राएलका घरानाले मलाई मेरा बाजेको राज्य फर्काइदिनेछन्।’ ” Viz kapitola |