२ शमूएल 16:21 - नेपाली नयाँ संशोधित संस्करण21 अहीतोपेलले जवाफ दिए, “तपाईंका पिताले महलको जिम्मेवारीमा छोड़िगएका तपाईंका पिताका उपपत्नीहरूसित सहवास गर्नुहोस्। तब तपाईंले आफ्ना पिताको नाक काटिदिएको काम सबै इस्राएलले सुन्नेछन्, र तपाईंको पछि लाग्नेहरूको हात अझै बलियो हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अहीतोपेलले जवाफ दिए, “गएर तपाईंको बुबाले राजमहलका रेखदेखको निम्ति छोडिराखेका उनका रखौटीहरूसित सुत्नुहोस्। तब तपाईंले आफूलाई आफ्नै बुबाले तपाईंलाई आफ्ना पक्का शत्रु ठानेका छन् भनी इस्राएलमा भएका सबैले जान्नेछन् र तपाईंसँग लाग्नेहरूको विश्वास अझ बलियो हुनेछ।” Viz kapitolaपवित्र बाइबल21 अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोड्नु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “तपाईंका पिताले महलको हेरचाह गर्न भनी छोडिराख्नुभएका उहाँका उपपत्नीहरूसित सुत्नुहोस्। तब तपाईंले आफ्नो पितालाई अपमानित तुल्याएको कुरा सारा इस्राएलले सुन्नेछन्। अनि तपाईंसित भएका सबै मानिसहरूको विश्वास अझ बलियो हुनेछ।” Viz kapitola |