२ शमूएल 15:24 - नेपाली नयाँ संशोधित संस्करण24 सादोक पनि सबै लेवीहरूका साथमा त्यहाँ थिए। तिनीहरूले परमेश्वरका करारको सन्दूक बोकेर लगिरहेका थिए। त्योचाहिँ तिनीहरूले अड़ाएर राखे र सबै मानिसहरू सहरबाट निस्केर नजाउञ्जेल अबियाथारले बलिदानहरू चढ़ाउन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 पूजाहारी सादोक त्यहाँ थिए। उनको साथमा लेवीहरू थिए। तिनीहरूले पवित्र करारको सन्दुक बोकेका थिए। तिनीहरूले सन्दुक भूइँमा राखे र सबै मानिसहरू सहरबाट निस्केर नगएसम्म सन्दुक फेरि उठाएनन्। पूजाहारी अबियाथार पनि त्यहाँ थिए। Viz kapitolaपवित्र बाइबल24 सादोक र तिनीसँग भएका लेवीहरूले परमेश्वरको करारको सन्दूक बोकेका थिए। तिनीहरूले परमेश्वरको पवित्र सन्दूकलाई राखे। अनि एबीयातारले मानिसहरूले दाऊदसित यरूशलेम नछाडुन्जेलसम्म प्रार्थना गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 सादोक पनि त्यहाँ थिए, र तिनीसित भएका सबै लेवीहरूले परमेश्वरको करारको सन्दुक बोकेका थिए। तिनीहरूले परमेश्वरको सन्दुक राखे। सारा मानिसहरू सहर छोडेर ननिस्केसम्म अबीयाथारले बलिदानहरू चढाए। Viz kapitola |