२ शमूएल 13:13 - नेपाली नयाँ संशोधित संस्करण13 मैले मेरो अनुहार कहाँ गएर देखाउनु? अनि तपाईं पनि इस्राएलमा एक दुष्ट, मूर्ख बन्नुहुनेछ। मेरो निम्ति राजासित कुरा गर्नुहोस्, अनि मसित विवाह गर्नलाई उहाँले तपाईंलाई इन्कार गर्नुहुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि कसरी मैले मानिसको अघि आफ्नो शिर उठाउन सक्छु? र तपाईंको नि? सारा इस्राएलमा तपाईंको बदनाम हुनेछ। राजासँग कुरा गर्नुहोस् र निश्चय उहाँले मलाई तपाईंको निम्ति दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल13 यस्तो लाजमर्दो अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्नेछन् तपाईं एउटा साधारण दुष्ट जस्तैं बन्नु भयो। दया गरी राजासँग भन्नुहोस्। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मेरो अवस्था कस्तो होला? मैले मेरो अपमानबाट कसरी छुटकारा पाउने? अनि तपाईंको अवस्था कस्तो होला? तपाईं इस्राएलमा दुष्ट र मूर्ख समान बन्नुहुनेछ। बिन्ती गर्छु, राजासँग कुरा गर्नुहोस्; उहाँले मलाई तपाईंसँग विवाह गर्न रोक्नुहुनेछैन।” Viz kapitola |