२ राजा 9:15 - नेपाली नयाँ संशोधित संस्करण15 तर राजा योरामचाहिँ अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्दा अरामीहरूले तिनलाई लाएको चोटबाट निको हुनलाई यिजरेलमा गएका थिए। येहूले भने, “यदि तिमीहरूको यस्तै इच्छा छ भने, यिजरेलमा यो समाचार लैजानलाई सहरबाट कोही पनि उम्कन नपाओस् है।” Viz kapitolaपवित्र बाइबल15 राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाईँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिज्रेल गए। यसकारण येहूले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिज्रेलमा खबर भन्नकालागि त्यसै हिंड्न नदिनु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर राजा योराम अरामका राजा हजाएलसितको लडाइँमा अरामीहरूले तिनलाई चोट पुर्याएका थिए। तर तिनी निको हुनलाई यिजरेलमा फर्किएका थिए।) अनि येहूले भने, “यदि तपाईंहरू मलाई राजा बनाउन चाहनुहुन्छ भने यिजरेलमा गएर यो खबर दिनलाई यस सहरबाट एक जनालाई पनि उम्केर जान नदिनुहोस्।” Viz kapitola |