२ राजा 9:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिनीहरूले भने, “त्यो कुरा सत्य होइन, हामीलाई ठीक कुरा बताऊ।” येहूले भने, “तिनले मलाई के भने, त्यो त्यही हो: ‘परमप्रभु यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “हामी जान्दैनौं! त्यसले के भन्यो, हामीलाई भन,” तिनीहरूले जवाफ दिए। “त्यसले मलाई यसो भन्यो, ‘परमप्रभु भन्नुहुन्छ, म तँलाई इस्राएलका राजा अभिषेक गर्नेछु’।” Viz kapitolaपवित्र बाइबल12 अधीकारीहरूले भने, “होइन! हामीलाई साँच्चो कुरा भन। उसले के भन्यो?” येहूले अधिकारीहरूलाई युवक अगमवक्ताले भनेको कुरा बताए। येहूले भने, “उसले भन्यो, ‘यो कुरा परमप्रभुले भन्नुभएको हो मैले तिमीलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गरेको छु।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले भने, “त्यो होइन! हामीलाई साँचो-साँचो भन।” येहूले भने, “त्यसले मलाई यसै भन्यो: ‘याहवेह यसो भन्नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु।’ ” Viz kapitola |