२ राजा 8:27 - नेपाली नयाँ संशोधित संस्करण27 अहज्याह आहाबको घरानाका चालहरूमा हिँड़े, अनि आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही तिनले गरे, किनकि विवाहले गर्दा तिनको सम्बन्ध आहाबको घरानासित थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 आफ्नो विवाहको कारणले उनको आहाब राजासँग पारिवारिक सम्बन्ध थियो र आहाबका परिवारले झैँ उनले पनि परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल27 अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनी आहाबका घरानाका चालमा हिँडेर आहाबका घरानाले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे; किनकि आहाबका घरानासित तिनको वैवाहिक नाता थियो। Viz kapitola |