२ राजा 8:21 - नेपाली नयाँ संशोधित संस्करण21 यसैले यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यहोराम आफ्ना सबै रथ लिएर जाईरतर्फ लागे तर त्यहाँ एदोमीहरूले तिनीहरूलाई घेरे। राती उनी र उनका रथ-सेनाका सेनापतिहरू उम्के र भागे र उनका सिपाहीहरू छरपष्ट भएर आ-आफ्ना घरतिर लागे। Viz kapitolaपवित्र बाइबल21 तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसकारण यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरा हाले। तर यहोरामले राति नै उठेर तिनीहरूलाई आक्रमण गरे। तथापि तिनको फौजचाहिँ भागेर घर फर्किए। Viz kapitola |