२ राजा 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 जुन अधिकृतका हातको भर लिएर राजा हिँड्थे, तिनले परमेश्वरका जनलाई भने, “हेर, परमप्रभुले स्वर्गका झ्यालहरू खोलिदिनुभयो भने पनि के यस्तो हुन सक्थ्यो र?” एलीशाले जवाफ दिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर तिमीले त्यसबाट केही खान पाउनेछैनौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 राजाका एक निजी अधिकृतले एलीशालाई भने, “त्यो हुन सक्दैन, परमप्रभु आफैंले स्वर्गका झ्यालहरू खोलिदिनुभयो भने पनि त्यो हुन सक्दैन!” “त्यो भएको तिमीले देख्नेछौ तर त्यो खाना तिमीले छुन पनि पाउनेछैनौ,” एलीशाले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल2 तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।” एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जुन अधिकारीको पाखुरामा राजाले अडेस लिन्थे, तिनले परमेश्वरको जनलाई भने, “हेर्नुहोस्, यदि याहवेहले स्वर्गका झ्यालहरू नै खोलिदिनुभयो भने तापनि यो हुन सक्दैन।” एलीशाले जवाफ दिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर त्यसबाट तिमीले केही पनि खान पाउनेछैनौ!” Viz kapitola |