२ राजा 7:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिनीहरू यर्दन नदीसम्मै खोजी गर्दैगए, र बाटोभरि अरामीहरूले हतार-हतार भाग्दा फ्याँकिराखेका लुगाफाटा र हातहतियार भेट्टाए। तब समाचारवाहकहरू आएर राजालाई यो खबर दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ती मानिसहरू यर्दनसम्म गए र सारा बाटामा अरामीहरू भागेर जाँदा छोडिराखेका लत्ताकपडा र हात-हतियार देखे। तिनीहरूले फर्केर आई राजालाई सबै कुरा बताए। Viz kapitolaपवित्र बाइबल15 मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उनीहरू यर्दनसम्मै तिनीहरूलाई पछ्याए। अनि तिनीहरूले बाटोभरि अरामीहरूले हतारमा भाग्दा फ्याँकेका लुगाफाटा र सामग्रीहरू भेट्टाए। यसकारण ती दूतहरूले फर्केर गई राजालाई खबर दिए। Viz kapitola |