२ राजा 5:27 - नेपाली नयाँ संशोधित संस्करण27 नामानको कुष्ठरोग तँ र तेरा सन्तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्नेबाट गइहाल्यो, र त्यो हिउँजस्तै सेतो कुष्ठरोगी भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अब नामानको कुष्ठरोग तँलाई सर्नेछ र त्यो सदाकाल तँ र तेरा सन्तानसित रहिरहनेछ।” गेहजी बिदा भयो। त्यसलाई डरलाग्दो कुष्ठरोग लाग्यो। त्यसका शरीरको छाला हिउँजस्तै सेतो भयो। Viz kapitolaपवित्र बाइबल27 अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सधैँका लागि कुष्ठ हुनेछ।” जब गेहजीले एलीशालाई छोड्यो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अब नामानको कुष्ठरोग सधैँको लागि तँ र तेरा वंशमा रहिरहनेछ।” एलीशाले यसो भन्नेबित्तिकै गेहजी कुष्ठरोगी भयो, र ऊ हिउँझैँ सेता भयो; तब त्यो त्यहाँबाट निस्कियो। Viz kapitola |