२ राजा 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 यसैले इस्राएलका राजा यहूदाका राजासँग र एदोमका राजासँग गए। तिनीहरू सात दिनसम्म घुम्दै हिँड़ेपछि, सेनाको आफ्नै लागि र भारी बोक्ने पशुहरूका निम्ति पानी खतम भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसरी योराम राजा, यहूदा र एदोमका राजाहरू बाटो लागे। सात दिन यात्रा गरेपछि तिनीहरूको पानी सिद्धियो। मानिस वा भारी बोक्ने पशुहरूका निम्ति एक थोपो पिउने पानी पनि रहेन। Viz kapitolaपवित्र बाइबल9 यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण इस्राएलका राजासँग यहूदाका राजा र एदोमका राजा पनि सामेल भए। सात दिनको घुमौरो यात्रापछि फौजसित आफ्ना निम्ति र आफूसित भएका पशुहरूका निम्ति पनि पानी रहेन। Viz kapitola |