२ राजा 2:21 - नेपाली नयाँ संशोधित संस्करण21 तब तिनी पानीको मूलमा गएर त्यहाँ त्यो नून छर्केर भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘मैले यस पानीलाई विशुद्ध तुल्याएको छु। त्यसले अब कहिल्यै मृत्यु ल्याउनेछैन, न केही नउम्रने गराउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पानीको मुहानमा गएर उनले त्यो नुन पानीमा हालेर भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘म यस पानीलाई शुद्ध पार्नेछु। यसले अबदेखि अरू मृत्यु वा गर्भपतन गराउनेछैन।’ Viz kapitolaपवित्र बाइबल21 तब एलीशा त्यस ठाउँमा गए जहाँ भुइँबाट पानी बगिरहेको थियो। एलीशाले पानीमा नून हाले। उनले भने, “परमप्रभुले भन्नुभएको छ, ‘म यस पानीलाई शुद्ध बनाइरहेको छु। अब देखि यस पानीले कसैलाई मार्ने छैन अथवा जमीनलाई अन्न फल्ने बनाउँनेछ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब तिनी पानीको मूलमा गए; र त्यसमा नुन हालेर यसो भने, “याहवेह यसो भन्नुहुन्छ: ‘मैले यस पानीलाई शुद्ध पारेको छु। यसले अब कहिल्यै मृत्यु ल्याउनेछैन, र जमिन रुखो बनाउनेछैन।’ ” Viz kapitola |