Online Bible

- Reklamy -




२ राजा 2:16 - नेपाली नयाँ संशोधित संस्करण

16 उनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दासहरूसँग पचास जना सुयोग्‍य मानिसहरू छन्‌। तिनीहरू गएर तपाईंका मालिकलाई खोज्‍ने अनुमति दिनुहोस्‌। शायद परमप्रभुका आत्‍माले तिनलाई उठाएर कुनै पहाड़ अथवा कुनै बेँसीमा राखिदिनुभएको छ।” तिनले भने, “अँहँ, तिनीहरूलाई नपठाओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “हामी यहाँ पचास जना बलिया-बलिया मानिसहरू छौं। हामी गएर तपाईंको स्‍वामीलाई खोजौं। हुन सक्‍छ, परमप्रभुको आत्‍माले उनलाई लानुभएर कुनै डाँडा वा भञ्‍ज्‍याङमा छोडिराख्‍नुभएको होला।” एलीशाले जवाफ दिए, “अँह, तिमीहरू नजाओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनीहरूले उनलाई भने, “हेर, हामी पचास जना असल मानिस छौं। कृपया तिनीहरूलाई जान देऊ अनि आफ्नो मालिक खोज्न देऊ। हुन सक्छ, परमप्रभुको आत्माले एलियालाई माथि लगेको छ अनि उनलाई कुनै पहाड अथवा घाँटीमा झारेको छ।” तर एलीशाले उत्तर दिए, “होइन, एलियालाई खोज्न मानिसहरू नपठाऊ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका सेवकहरूसँग पचास जना बलिया मानिसहरू छन्। तिनीहरूलाई तपाईंका मालिकलाई खोज्न जान दिनुहोस्। सायद याहवेहको आत्माले तिनलाई उठाएर लैजानुभयो, र कुनै पहाड अथवा बेँसीमा राखिदिनुभएको छ कि।” एलीशाले भने, “होइन, तिनीहरूलाई नपठाओ।”

Viz kapitola kopírovat




२ राजा 2:16

Následuj nás:

Reklamy


Reklamy