२ राजा 10:7 - नेपाली नयाँ संशोधित संस्करण7 जब त्यो पत्र तिनीहरूकहाँ आइपुग्यो, तब तिनीहरूले ती सत्तरी जना राजकुमारहरूलाई लगेर मारे। तिनीहरूले यिनीहरूका टाउकाहरू टोकरीहरूमा हालेर यिजरेलमा येहूकहाँ पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 येहूको चिठी पाएपछि सामरियाका अगुवाहरूले सत्तरी जना आहाबका सन्तान सबैलाई मारे, उनका टाउकाहरू डोकोमा हाले र यिजरेलमा येहूकहाँ पठाइदिए। Viz kapitolaपवित्र बाइबल7 जब शहरका अगुवाहरूले पत्र पाए, तिनीहरूले राजाका छोराहरू जम्मा गरे अनि सबै सत्तरी जना को हत्या गरे। तब अगुवाहरूले राजाका छोराहरूका टाउका डालाहरूमा हाले। तिनीहरूले डालाहरू यिज्रेलमा येहूकहाँ पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यो पत्र आइपुग्दा ती मानिसहरूले ती राजकुमारहरूलाई लगे, र ती सत्तरी जना सबैलाई मारे। तिनीहरूले उनीहरूका शिर टोकरीहरूमा हाले, र यिजरेलमा येहूकहाँ पठाइदिए। Viz kapitola |