२ कोरिन्थी 6:16 - नेपाली नयाँ संशोधित संस्करण16 मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमेश्वरको मन्दिरसँग मूर्तिको के सम्बन्ध छ? हामीहरू त जिउँदा परमेश्वरकै मन्दिर हौं। परमेश्वर आफैंले पनि भन्नुभएको छ, “म आफ्ना भक्तहरूसँग बास गर्नेछु र तिनीहरूसँगै हिंड्डुल गर्नेछु। म तिनीहरूकै परमेश्वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्।” Viz kapitolaपवित्र बाइबल16 परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छ, “म तिनीहरूसित बस्छु, तिनीहरूसितै हिँड्छु, म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 परमेश्वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्वरका मन्दिर हौँ। जसरी परमेश्वरले भन्नुभएको छ: “म तिनीहरूसँग बस्नेछु, र तिनीहरूसित हिँड्डुल गर्नेछु; अनि म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।” Viz kapitola |