२ कोरिन्थी 2:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनभने तिमीहरूलाई दुःखी तुल्याउन होइन, तर तिमीहरूप्रति भएको मेरो प्रशस्त प्रेम तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मैले ठूलो दु:खसाथ मनमा वेदना लिएर आँसु बगाउँदै तिमीहरूलाई त्यो पत्र लेखेको थिएँ। तिमीहरूको चित्त दुखाउन त होइन तर मैले कति माया गरेको छु, थाहा होस् भनेर त्यो लेखें। Viz kapitolaपवित्र बाइबल4 अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुःखीत थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुःखीत तुल्याउनु लेखेको थिइनँ। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ। Viz kapitola |