२ कोरिन्थी 13:2 - नेपाली नयाँ संशोधित संस्करण2 दोस्रो पटक तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्तै अब अनुपस्थिति हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदैछु। म फेरि आउँदा अघिअघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्नेछैनँ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 दोस्रो पटक म आएको बेला पाप गर्नेहरू र अरू सबैलाई पनि मैले सम्झाएको थिएँ। अहिले यहाँबाट पनि म तिमीहरूलाई त्यही कुरा सम्झाउँछु। नत्र म फेरि आउँदा तिमीहरूलाई बाँकी राख्नेछैनँ। Viz kapitolaपवित्र बाइबल2 जब म तिमीहरूसित दोस्रो पल्ट थिएँ, जसले पापहरू गरेका थिए तिनीहरूलाई मैले चेताउनी दिएको थिएँ। अहिले म तिमीहरूदेखि टाढा छु, तिनीहरूलाई र अरू रहेकाहरूलाई म चेतावनी दिन्छु। जब म फेरि तिमीहरूकहाँ आउँछु तिमीहरूको पापको लागि म दण्ड दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म तिमीहरूसित दोस्रो पल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ। Viz kapitola |