२ कोरिन्थी 10:12 - नेपाली नयाँ संशोधित संस्करण12 आफ्नो तारीफ आफैले गर्ने कुनै-कुनै व्यक्तिहरूसँग हामी आफैलाई एकै श्रेणीमा राख्न, अथवा आफैलाई तिनीहरूसँग दाँज्न हामी साहस गर्दैनौं। तर तिनीहरू आफूले आफैलाई एक-अर्कासँग नापेर हेर्दा अथवा दाँज्दा तिनीहरू बेसमझका हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ठूला सम्झनेहरूसँग हामी आफूलाई दाँज्ने र हाराहारीमा राख्ने साहस गर्दैनौं। तिनीहरूले त कुरै बुझ्दैनन्। असल कुराको नाप उनीहरू आफैं तोक्छन् र त्यही नापले आ-आफूलाई नापेर मक्ख पर्छन्। Viz kapitolaपवित्र बाइबल12 हामी आफैंलाई त्यस्ता मानिसहरूको स्तरमा राख्ने आँट गर्दैनौं जो आफूलाई खुबै महत्वपूर्ण सम्झन्छन्। हामी आफूलाई तिनीहरूसित दाँज्दैनौं। तिनीहरू आपसमा आफू आफैं तुलना गर्छन्, तुलनाको स्तर तिनीहरू आफैं हुन् औ तुलनाको नापदण्ड आफैंलाई बनाउँछन्। यसले तिनीहरू केही जान्दैनन् भन्ने देखाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आफ्नै प्रशंसा गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौँ। यदि तिनीहरूले आफैँले आफूसित नाप्छन् र आफ्नो तुलना आफैँसित गर्छन् भने तिनीहरू बुद्धिमान् होइनन्। Viz kapitola |