२ कोरिन्थी 1:17 - नेपाली नयाँ संशोधित संस्करण17 यो गर्न चाहँदा मैले अस्थिरता देखाएँ र? के मैले आफ्नो योजना बनाउँदा सांसारिक मानिसले जस्तो एउटै मुखले “हो” र “होइन” पनि भन्ने हुँ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 के मैले सोचविचार नगरी आउने बन्दोबस्त गरेको थिएँजस्तो तिमीहरूलाई लाग्छ? घरी हुन्छ, घरी हुँदैन भनेर के म आफ्नै स्वार्थलाई हेर्छु र? Viz kapitolaपवित्र बाइबल17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र? Viz kapitola |