२ इतिहास 9:20 - नेपाली नयाँ संशोधित संस्करण20 सोलोमनका पिउने सबै कचौराहरू निखुर सुनका थिए। अनि लेबनानको वन भनिने राजमहलमा भएका सबै सामानहरू निखुर सुनका थिए। चाँदीको केही बनाइएको थिएन, किनभने सोलोमनको समयमा चाँदीको मूल्य थोरै थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सोलोमनको पिउने कचौराहरू सबै सुनले बनेका थिए, लेबनानको जङ्गलको कोठामा भएका भाँडा-कुँडाहरू निखुर सुनका थिए। सोलोमनको समयमा चाँदीको केही मोल थिएन। Viz kapitolaपवित्र बाइबल20 राजा सुलेमानका पिउने सबै प्यालाहरू सुनद्वारा बनिएका थिए। लबानोनको बन-महलका सबै घरेलु चीज-बीजहरू शुद्ध सुनले बनिएका थिए। सुलेमानको समयमा यति विघ्न सम्पत्ति थियो कि चाँदीलाई त्यति मूल्यवान ठानिंदैन थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 राजा सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो। Viz kapitola |