२ इतिहास 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 आगो झरिरहेको र परमप्रभुको महिमा मन्दिरमा बसिरहेको जब सबै इस्राएलीहरूले देखे, तब ढुङ्गाको पेटीमा तिनीहरू भूइँसम्मै घोप्टो परेर दण्डवत् गर्दै यसो भनेर परमप्रभुलाई धन्यवाद दिए, “परमप्रभु भला हुनुहुन्छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 स्वर्गबाट आगो झरेको र ज्योतिले मन्दिर भरिएको देखेर इस्राएलका मानिसहरू भूइँमा घोप्टो परेर प्रणाम गरे अनि परमेश्वरका भलाइ र अनन्त प्रेमको लागि उहाँको प्रशंसा गर्दै आराधना गरे। Viz kapitolaपवित्र बाइबल3 इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए, “परमप्रभु असल हुनुहुन्छ। उहाँको करूणा सदा-सर्वदा चलिरहन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब इस्राएलीहरूले आगो झरेको र त्यस मन्दिरमाथि याहवेहको महिमा आएको देखे, तब तिनीहरू भुइँमा घोप्टो परे; अनि दण्डवत् गरेर याहवेहलाई धन्यवाद दिँदै यसो भने, “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” Viz kapitola |