२ इतिहास 5:10 - नेपाली नयाँ संशोधित संस्करण10 त्यस सन्दूकभित्र अरू केही थिएन, केवल दुई वटा पाटीहरू, जुन मोशाले होरेब पर्वतमा सन्दूकमा राखेका थिए, जहाँ इस्राएलीहरूले मिश्रदेश छोड्दा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 करारको सन्दुकभित्र मोशाले सीनै पर्वतमा राखेका दुईटा ढुङ्गाका पाटीहरूबाहेक अरू केही कुरा थिएन। त्यस बेला इस्राएलका मानिसहरू मिश्र छोड्दा परमप्रभुले एउटा करार बाँध्नुभएको थियो र त्यसपछि तिनीहरूसित ती पाटी सन्दुकमा राखिएका थिए। Viz kapitolaपवित्र बाइबल10 करारको सन्दूकमा दुइ फलाकहरू बाहेक अरू केही थिएन। मोशाले ती दुइ फलाकलाई होरेब पहाडमा करारको सन्दूकभित्र राखेका थिए। होरेब त्यो स्थान हो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसित करार गर्नु भएको थियो। इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर भए पछि त्यो घट्ना घटेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यस सन्दुकभित्र दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो। Viz kapitola |