२ इतिहास 36:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिनले परमप्रभु तिनका परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। परमेश्वरको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनले परमप्रभुको विरुद्धमा पाप गरे र नम्र भई यर्मिया अगमवक्ताको कुरा सुनेनन्। यर्मियाले परमप्रभुको वचन सुनाउँथे। Viz kapitolaपवित्र बाइबल12 सिदकियाहले ती कुराहरू गरेनन् जो परमप्रभुले तिनीद्वारा गरिएका चाहनु हुन्थ्यो। सिदकियाहले परमप्रभुको विरूद्ध पाप गरे। अगमवक्ता यर्मियाले परमप्रभुबाट प्राप्त भएका संन्देशहरू भने। तर सिदकियाहले स्वयंलाई विनम्र तुल्याएनन् अनि यर्मियाले भनेका कुराहरू पालन गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले याहवेह आफ्ना परमेश्वरको दृष्टिमा दुष्टता गरे, र याहवेहको वचन बोल्ने अगमवक्ता यर्मियाको अगि आफूलाई विनम्र तुल्याएनन्। Viz kapitola |