२ इतिहास 34:22 - नेपाली नयाँ संशोधित संस्करण22 हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 राजाको आज्ञा भएपछि हिल्कियाह र अरू मानिसहरू हुल्दा नाम गरेकी एउटी स्त्रीकहाँ सल्लाह लिन आए। तिनी यरूशलेम सहरको नयाँ टोलमा बास गर्ने एउटी अगमवादिनी थिइन्। (तिनका लोग्ने तोखतको छोरो र हसराको नाति शल्लूमले मन्दिरका वस्त्रको रेख-देख गर्थे।) तिनीहरूले तिनलाई भएका कुरा सबै बताए। Viz kapitolaपवित्र बाइबल22 हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हिल्कियाह र राजाले तिनीसित पठाएकाहरू अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए, जो वस्त्रहरूको रेखदेख गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी थिइन्। उनी यरूशलेमको नयाँ भागमा बस्थिन्। Viz kapitola |