२ इतिहास 33:19 - नेपाली नयाँ संशोधित संस्करण19 आफैलाई विनम्र तुल्याउन अघि तिनको प्रार्थना र परमेश्वरले कसरी तिनको अर्ज-बिन्ती ग्रहण गर्नुभयो, अनि तिनका सबै पाप र अविश्वासका काम, तिनले बनाएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्बा र मूर्तिहरू— यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 राजाको प्रार्थना र परमप्रभुको उत्तर: पश्चात्ताप गर्नुअघि तिनले गरेका पापहरू, तिनले गरेका दुष्कर्म, बनाएका मूर्तिपूजा गर्ने वेदी र अशेरा देवीका मूर्तिहरू र पुजेका देव-देवताहरूको बयान अगमवक्ताहरूका इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल19 मनश्शेको प्रार्थना परमेश्वरले कसरी सुनीदिनु भयो अनि तिनी प्रती दुःखीत हुनु भयो, सो दर्शीहरूको पुस्तकमा लेखिएको छ। मनश्शेका तिनी स्वयं विनम्र हुनु भन्दा अघिका पापहरू र गल्तीहरू, ती स्थानहरू जहाँ तिनले उच्च स्थानहरू निर्माण गरेका थिए अनि अशेरा स्तम्भहरू स्थापित गरेका थिए सो पनि दर्शीहरूको पुस्तकमा लेखिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनको प्रार्थना र तिनको विनयद्वारा कसरी परमेश्वर खुशी हुनुभयो, तिनले आफूलाई विनम्र बनाउन अगि तिनका पापहरू, अविश्वासयोग्यता र तिनले देवस्थानहरू बनाएर त्यसमा अशेराका खम्बाहरू र मूर्तिहरू राखेका घटनाहरू, यी सबै कुराहरू दर्शीहरूका पुस्तकमा लेखिएका छन्। Viz kapitola |