२ इतिहास 32:26 - नेपाली नयाँ संशोधित संस्करण26 आफ्नो अभिमानीको निम्ति हिजकिया र यरूशलेमका मानिसहरूले पश्चात्ताप गरे। त्यसले गर्दा हिजकियाको समयभरि नै परमप्रभुको क्रोध फेरि तिनीहरूमाथि परेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तापनि अन्तमा हिजकिया र यरूशलेमका बासिन्दाहरू नम्र बने। यसकारण हिजकियाको मृत्यु नभएसम्म परमप्रभुले ती मानिसहरूलाई दण्ड दिनुभएन। Viz kapitolaपवित्र बाइबल26 तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तब हिजकियाले आफ्नो हृदयको अहङ्कारको निम्ति पश्चात्ताप गरे, जसरी यरूशलेमका मानिसहरूले गरेका थिए। यसकारण याहवेहको क्रोध हिजकियाको शासनकालमा तिनीहरूमाथि आएन। Viz kapitola |