२ इतिहास 32:1 - नेपाली नयाँ संशोधित संस्करण1 हिजकियाले यी सब भक्तिका कामहरू गरेपछि अश्शूरका राजा सनहेरीबले यहूदामाथि आक्रमण गरे। तिनले यहूदाका किल्ला भएका सहरहरूलाई आफ्नै अधीन गराउने हेतुले ती सहरहरूको बाहिर आफ्नो छाउनी बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यी सबै कुरामा हिजकिया राजाले विश्वासयोग्यतासाथ परमप्रभुको सेवा गरे। त्यसपछि अश्शूरका महाराजा सनहेरीबले यहूदामाथि हमला गरे। सुरक्षित बनाएका सहरहरू तिनले घेरामा हाले र पर्खाल तोडेर सहरभित्र पस्ने आज्ञा आफ्ना सेनालाई दिए। Viz kapitolaपवित्र बाइबल1 हिजकियाहले यी सबै कुराहरू विश्वास पूर्वक गरि सकेपछि, अश्शूरका राजा सनहेरीब यहूदा देश माथि आक्रमण गर्न आए। सनहेरीब अनि तिनका सेनाले किल्लाका बाहिर छाउनी बसाए। तिनले यसो गरे जसमा कि ती शहरहरूलाई परास्त गर्नका निम्ति तिनले योजना बनाउन सकून्। सनहेरीब ती शहरहरूलाई आफ्नै निम्ति जित्न चाहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हिजकियाले पूर्ण विश्वासयोग्यतामा सबै काम गरिसकेपछि अश्शूरका राजा सनहेरीब आए र यहूदामाथि आक्रमण गरे। तिनले सुरक्षित सहरहरूलाई आफ्ना निम्ति जित्ने विचारले ती सहरहरू घेरे। Viz kapitola |