Online Bible

- Reklamy -




२ इतिहास 25:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तर तिनले मोशाका व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएको यसो भन्‍ने परमप्रभुको आज्ञालाई पालन गरेर तिनीहरूका छोराहरूलाई चाहिँ मारेनन्‌: “बुबाहरूलाई छोराछोरीहरूका निम्‍ति र छोराछोरीहरूलाई बुबाहरूका निम्‍ति नमार्नू। हरेक मानिस आफ्‍नै अपराधहरूका निम्‍ति मरोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर तिनका सन्‍तानहरूलाई उनले मारेनन्, बरु परमप्रभुले मोशाका व्‍यवस्‍थामा आज्ञा गर्नुभएअनुसार तिनीहरूसित गरे अर्थात् “बाल-बच्‍चाका अपराधको निम्‍ति आमा-बुबा मारिनेछैनन् र आमा-बुबाका अपराधको निम्‍ति छोरा-छोरी मारिनेछैनन्, आफैंले गरेका अपराधको निम्‍ति मात्र मानिस मारिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किनकि तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मार्नु हुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेका खण्डमा मार्नु हुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराम्रो कामका निम्ति मात्र मार्नु पर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू, हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले उनीहरूका सन्तानलाई मारेनन्।

Viz kapitola kopírovat




२ इतिहास 25:4

Následuj nás:

Reklamy


Reklamy