२ इतिहास 25:18 - नेपाली नयाँ संशोधित संस्करण18 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई यो जवाफ पठाए, “लेबनानको एउटा सिउँड़ीले लेबनानकै एउटा देवदारुलाई यसो भनी पठायो, ‘तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ’। तब लेबनानको एउटा वन-पशु त्यताबाट भएर जाँदा त्यस सिउँड़ीलाई कुल्चिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उनले इस्राएलका राजा येहोआशलाई एउटा खबर पठाए। योआश राजा येहोआहाजका छोरा र येहूका नाति थिए। यहोआशले अमस्याहलाई यस्तो उत्तर दिए, “एकचोटि लेबनान डाँडाको एउटा काँडे-झ्याङले एउटा देवदारुको रूखलाई यस्तो खबर पठाएछ, ‘तिम्री छोरीलाई मेरो छोरोसित विवाह गर्न देऊ।’ एउटा जङ्गली जनावरले त्यो काँडे-झ्याङलाई खुट्टाले कुल्चिएछ। Viz kapitolaपवित्र बाइबल18 तब योआशले अमस्याह कहाँ आफ्नो उत्तर पठाए। योआश इस्राएलका राजा थिए अनि अमस्याह यहूदाका राजा थिए। योआशले यो कथा भनेः “लबानोन एक सानो काँढादार पोथ्राले लबानोन एक विशाल देवदारको वृक्ष कहाँ संन्देश पठायो। सानो काँढादार पोथ्राले भन्यो, ‘तिम्री छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ।’ तर एक जङ्गली पशु आयो अनि काँढादार पोथ्रा माथि हिंड्यो र त्यसलाई नष्ट गरि दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो। Viz kapitola |