Online Bible

- Reklamy -




२ इतिहास 24:25 - नेपाली नयाँ संशोधित संस्करण

25 राजालाई साह्रै घाइते बनाएर अरामीहरू गएपछि पूजाहारी यहोयादाका छोराको मृत्‍युको साटो लिन राजाका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, अनि तिनीहरूले राजालाई तिनको ओछ्यानमा नै मारे। यसरी तिनी मरे, र दाऊदको सहरमा गाड़िए, तर राजाहरूका चिहानमा चाहिँ होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 उनलाई ठूलो चोट लाग्‍यो। शत्रुहरू फर्किगएपछि आफ्‍नै दुई जना भारदारहरूले उनको विरुद्धमा जाल रचे र सुतेकै ठाउँमा उनलाई मारे। यसरी तिनीहरूले पूजाहारी यहोयादाका छोराको हत्‍याको बदला लिए। उनलाई दाऊदको सहरमा त गाडे तर राजाको चिहानमा राखेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्‌यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अरामीहरू हटेर जाँदा तिनीहरूले योआशलाई घाइते अवस्थामा छोडे। तिनका अधिकृतहरूले पुजारी यहोयादाका छोरा जकरियाको हत्याको कारण तिनको विरुद्धमा षड्यन्त्र गरे, तब तिनलाई आफ्ना पलङमै मारे। यसरी तिनी मरे, र दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा गाडिएनन्।

Viz kapitola kopírovat




२ इतिहास 24:25

Následuj nás:

Reklamy


Reklamy