२ इतिहास 24:24 - नेपाली नयाँ संशोधित संस्करण24 अरामीहरूको एक सानो फौजले मात्र आक्रमण गरे, तापनि परमप्रभुले इस्राएलको एक ठूलो सेनालाई उनीहरूका हातमा सुम्पिदिनुभयो। यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका हुनाले, योआशमाथि उचित दण्ड आइपर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 अरामी सेना सानो थियो तर परमप्रभुले तिनीहरूलाई आफूभन्दा धेरै ठूलो यहूदाका सेनामाथि विजय दिनुभयो किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए। योआश राजाले त्यसरी दण्ड पाए। Viz kapitolaपवित्र बाइबल24 अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अरामी फौजमा थोरै मानिसहरू थिए; तापनि याहवेहले तिनीहरूका हातमा एउटा धेरै ठूलो फौजलाई सुम्पिदिनुभयो। यहूदाले याहवेह आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेको कारण योआशमाथि न्याय पर्न गयो। Viz kapitola |