२ इतिहास 23:6 - नेपाली नयाँ संशोधित संस्करण6 सेवा गर्ने पूजाहारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्दिरभित्र पस्न नदिनू। तिनीहरू भित्र पस्न सक्छन्, किनभने तिनीहरू पवित्र गरिएका छन्। तर अरू सबै मानिसहरूचाहिँ परमप्रभुले दिनुभएको आज्ञामा लागिरहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 काममा खटाइएका पूजाहारीहरू र लेवीहरूबाहेक कोही पनि मन्दिरभित्र पस्न पाउनेछैनन्। पूजाहारीहरू र लेवीहरू पस्न पाउँछन् किनभने तिनीहरू पवित्र कामको लागि अर्पण गरिएका छन्; तर बाँकी मानिसहरू सबैले परमप्रभुको आज्ञापालन गरी बाहिर बस्नेछन्। Viz kapitolaपवित्र बाइबल6 कुनै पनि मानिसलाई परमप्रभुको मन्दिर भित्र आउन नदिनु। केवल पूजाहारी अनि लेवीहरू, जो सेवा गर्छन्, तिनीहरूलाई मन्दिर भित्र आउने अनुमति छ, किनभने तिनीहरू पवित्र छन्। तर अन्य सबै मानिसहरूले तिनीहरूलाई परमप्रभुले दिनु भएको काम गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहको मन्दिरमा सेवाको कामका निम्ति खटिएका पुजारीहरू र लेवीहरूबाहेक अरू कोही पस्न पाउनेछैनन्, तिनीहरू मात्र पस्न पाउनेछन्, जो पवित्र पारिएका छन्। तर अरू सबै मानिसहरूले चाहिँ याहवेहले तिनीहरूलाई सुम्पनुभएको काम गर्नुपर्छ। Viz kapitola |