२ इतिहास 22:2 - नेपाली नयाँ संशोधित संस्करण2 राजगद्दी आरोहण गर्दा तिनी बाईस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। तिनी ओम्रीकी नातिनी अतल्याह थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 बाईस वर्षको हुँदा अहज्याह राजा भए र एक वर्ष उनले यरूशलेममा राज्य गरे। अहज्याह पनि आहाब राजाका घरानाको चालमा चले किनभने उनकी आमा अतल्याहले उनलाई दिएका सल्लाहले उनलाई दुष्ट काम गर्न लायो। अतल्याह आहाब राजाकी छोरी र इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्। Viz kapitolaपवित्र बाइबल2 अहज्याह 22 बर्षका थिए जब तिनले शासन चलाउन शुरू गरे। अहज्याहले यरूशलेममा एक बर्ष शासन गरे। तिनकी आमाको नाउँ अतल्याह थियो। अतल्याहका पिताको नाउँ ओम्री थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो ओम्रीकी नातिनी थिइन्। Viz kapitola |