२ इतिहास 20:6 - नेपाली नयाँ संशोधित संस्करण6 “हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्वर, के तपाईं नै स्वर्गमा विराजमान हुनुहुने परमेश्वर हुनुहुन्न? तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ। तपाईंकै हातमा शक्ति र बल छन्। तपाईंको सामना गर्ने कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्वर, स्वर्गमा तपाईंले सारा संसारका जातिहरूमाथि राज्य गर्नुहुन्छ। तपाईं बलियो र शक्तिशाली हुनुहुन्छ। कसैले तपाईंको सामना गर्न सक्दैन। Viz kapitolaपवित्र बाइबल6 तिनले भने, “हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 र भने: “हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्वर, के स्वर्गमा हुनुहुने परमेश्वर तपाईं नै हुनुहुन्न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन। Viz kapitola |